काठमाण्डौंः नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई नियुक्त गर्नका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन् । हाल सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख रहेका गंगाप्रसाद यादवलाई केपी ओली सरकारका पालामा ०७८ वैशाखमा प्रदेश प्रमुखका रुपमा पठाईएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया