असार २३, २०८२ सोमबार July 7, 2025

जेलभित्रै विवाह गर्दै विकिलिक्सका असान्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः विकिलिक्सका संस्थापक जुलियान असान्जलाई जेलभित्रै विवाह गर्न अनुमति दिइएको छ । असान्जलाई उनकै प्रेमिका स्टेला मोरिससँग बेलायतस्थित बेलमर्स कारागारमा विवाह गर्न अनुमति दिइएको हो ।

असान्जले कारागारका गर्भनरसँग विवाह गर्न अनुमति मागेका थिए । कारागार सेवाका प्रवत्ताले भने, ‘विवाहका लागि असान्जले पेस गरेको निवेदनलाई अन्य कैदीको निवेदनलाई जस्तै जेलका गर्भनरले सामान्य तरिकाले अध्ययन गरेका छन् । ’

लन्डनस्थित इक्वेडरको दूतावासमा रहने क्रममा मोरिससँग असान्जको भेट भएको थियो । उनीहरुको तर्फबाट दुई सन्तान छन् ।

विवाहमा कसैले हस्तक्षेप नगर्ने असान्जकी पार्टनर मोरिस विश्वास गरेकी छिन् । उनले भनिन्, ‘हाम्रो विवाहमा कोहीबाट  हस्तक्षेप हुन्न भन्ने मलाई विश्वास छ ।’ विवाह ऐन १९८३ वमोजिम कैदीहरुले कारागारभित्र विवाहका लागि निवेदन दिन पाउछन् ।

बेलायतको रक्षा मन्त्रालयका अनुसार डी वर्गका कैदीबाहेक अन्य कैदीको विवाह कैदभित्र नै आयोजना हुनुपर्छ । अमेरिकाले सुपर्दगी गर्न कानुनी कदम चालेपछि असान्ज सन् २०१९ देखि बेलायतको एउटा कारागारमा छन् ।

अस्ट्रेलियाली नागरिक असान्जलाई इक्वेडरको दूतावासमा बसेको पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको थियो । इक्वेडरको लन्डनस्थित राजदूतावासमा बसेको बेला आफूले असान्जको गर्भधारण गरेको मोरिसको भनाइ छ । त्यहाँ उनीहरूको नियमित भेटघाट हुने गरेको बताइएको छ ।

अमेरिकाले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य विवरण चुहाएको भन्दै असान्जलाई मुद्दा चलाउन खोजिरहेको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया