कार्तिक २८, २०८३ शनिबार November 14, 2026

वोमी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको २५ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउँनेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार चार सय रुपैयाँ रहेको छ ।
२० प्रतिशतका दरले आठ करोड २३ लाख ८८ हजार आठ सय ८० रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४९ करोड ४३ लाख ३३ हजार दई सय ८० रुपैयाँ पुग्नेछ।

साथै, वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु गरेकाले आयकर ऐन बमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधाको उपयोग गरिने लघुवित्तले जनाएको छ।- न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार