असार २३, २०८२ सोमबार July 7, 2025

कंगोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ताः ५७ जनाको जिवितै उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ । दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । (रासस-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया