मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्नै नदिने बारको यस्तो रणनिती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल बार एसोसिएसनकाे नेतृत्वमा कानुन व्यवसायी (वकिल)हरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आज पनि सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने रणनीतिमा छन् ।

आइतबार बिहान १० देखि ११ बजेसम्म सर्वोच्चको मुलगेट अगाडि धर्ना दिने कार्यक्रम तय भएको जनाइएको छ । बारले कानुन व्यवसायीहरुलाई आइतबार बिहान ९ बजे बारमा उपस्थित हुन आह्वान गरेको छ।

दोस्रो चरणको आन्दोलनमा रहेका बार आबद्ध वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै अदालत प्रवेश नै गर्न नदिने रणनीति अपनाएका हुन् ।

कात्तिक १४ गतेदेखिने हातमा कालो पट्टी बाँधेर आन्दोलनामा रहेका कानुन व्यावसायीहरुले आज पनि बिहान साढे ९ बजेदेखि ११ बजेसम्म अदालतको प्रमुख गेटमै धर्नामा बस्ने घोषणा गरिसकेका छन् ।

बारले गत शुक्रबार पनि जबरालाई अदालतमा प्रवेश रोक लगाएर गेटमै प्रदर्शन गर्दै बाटो छेकेका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै आफ्नो कार्यकक्ष प्रवेश गर्न सफल भएका थिए । यसैबीच आजपनि प्रहरी प्रशासनले रोके सर्वोच्चको बाहिरी गेटमा धर्नामा बस्ने बारको तयारी छ ।

सर्वोच्च अदालतमा सृजना भएको संर्घर्षले न्याय क्षेत्रनै प्रभावित हुँदै आएको छ । सर्वोच्चमा फुल कोर्टपनि बस्न सकेको छैन । सर्वोच्चका २० मध्ये १९ न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया