कार्तिक २८, २०८३ शनिबार November 14, 2026

हिमालयन डिष्टिलरीको नाफा २१ करोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २६ दशमलव ९३ प्रतिशत बढेको छ । कम्पनीले आम्दानी बढाएर १ अर्ब २३ करोड १० लाख ६० हजार रुपैयाँ पुर्‍याएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ९६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको थियो । हिमालयनले गत वर्ष ५० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८६ करोड ७७ लाख २ हजार रुपैयाँ पुर्‍याएकाे छ । कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो।

त्यसैगरी, कम्पनीको सञ्चालनबाट कुल आम्दानी १७.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.९८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेको छ भने जगेडा कोष ५६.२७ प्रतिशत बढेको छ।

कम्पनीको खुद नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ रुपैयाँ २३ पैसा घटेर ९७ रुपैयाँ ४० पैसामा झरेको छ। कम्पनीले ५० प्रतिशत बोनस सेयर वितरण गरेका कारण यस्तो आम्दानी घट्न पुगेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७० दशमलव ८३ गुणा छ।- न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार