श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू गरेको थियो । त्यस्तै, चालू शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को नयाँ पाठ्यक्रम लागू भइरहेको छ । केन्द्रले आगामी शैक्षिक शत्र अर्थात् २०७९ मा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तक लागू गर्ने तयारी गरेको छ । त्यसका लागि पुस्तक लेखन कार्य अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

केन्द्रका निर्देशक एवं प्रवक्ता गणेश भट्टराईले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउन लागेको ४, ७ र ९ कक्षाको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक नमुनाका रूपमा देशभरका ७६ विद्यालयमा लागू भएको जानकारी दिनुभयो । उहाँले ती विद्यालयमा शिक्षक, विद्यार्थी र सरोकारवालासँग सुझाव संकलन गरी सोही आधारमा संसोधनसहित पुस्तक लेखन शुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनवटा कक्षाका पुस्तकको विषयमा अनलाइनबाट सुझाब संकलन गरी अन्तिम लेखन शुरु गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘सरोकारवालाले दिएको सुझाव र कार्यदलले गरेको छलफलअनुसार पुस्तक तयार गरिएको हो ।’

केन्द्रले ती कक्षाका पाठ्यपुस्तकका प्रिन्ट रेडी कपी (पीआरसी) तयारी गर्ने क्रममा रहेको जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा आगामी शैक्षिक सत्रबाट लागू हुने गरी कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक छपाइ गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा आगामी शैक्षिक सत्रबाट लागू हुने पाठ्यपुस्तकको पीआरसी तयारी भइरहेको छ ।

केन्द्रले शैक्षिक सत्र २०८० मा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । केन्द्रका महानिर्देक अणप्रसाद न्यौपानेले ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ अनुरूप शैक्षिक सत्र २०८० सम्म सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउन सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।- नेपाल समाचारपत्र दैनिकमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार