असार २३, २०८२ सोमबार July 7, 2025

हवाई आक्रमण परी १८६ हुथी विद्रोही मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीहरुविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको छ । एक दिनपछि यमनको दक्षिणमा भागमा पर्ने रेड सी बन्दरगाह शहर होडेडामा ३२ विद्रोही र नौ सरकार समर्थन सैनिक मारिएका सरकारी अधिकारीहरूले बताएका छन् ।

साउदी नेतृत्वको गठबन्धनले सरकारको अन्तिम गढ मारिब सहरमा विद्रोहीहरुलाई हटाउने उद्देश्यले गत अक्टोबरदेखि लगभग दैनिक रुपमा गरेका हवाई आक्रमणमा उच्च संख्यामा विद्रोहीहरु मारिदै आएका सरकारी स्रोतले जानकारी दिएको छ ।

केही समययताबाट दैनिक रुपमा साउदी नेतृत्वको गठबन्धनले शुरु गरेको हवाई आक्रमणहरुमा तीन हजार भन्दा बढी विद्रोहीका मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । तर इरान समर्थित हुथीहरूले विरलै मात्र यस हताहतको टिप्पणी गर्ने गरेका पनि समाचारमा जनाइएको छ ।

यद्यपी एएफपीले गठबन्धनको विद्रोहीहरु मृतकहरुको तथ्याङ्कलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन् । गत शुक्रबार विद्रोहीहरूले होडेडाको दक्षिणमा रहेको एउटा ठूलो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । (रासस-एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया