श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काँग्रेस नेता प्रकाशमान सिंहको भारतयात्राको रहस्य बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह बिहिबारबाट सम्पर्कविहिन भए । सभापतिको दाबेदार प्रस्तुत गर्दै देश दौडाहामा रहेका सिंह अचानक सम्पर्कविहिन भएपछि चासो बढ्यो ।

सिंह सुटुक्क दक्षिणको छिमेकी भारत गएको खुल्यो । उनी सात वर्षपछि भारत छिरेका हुन् । अनौपचारिक रुपमा विदेश नजाने स्वभावका सिंहको यसपटकको भारत यात्रा अर्थपूर्ण छ । उनले भारतमा केही प्रभावशाली व्यक्तिहरुसँग भेटेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे भारतको धारणा बुझेर फर्किएका छन् ।

काँग्रेस महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा सिंह भारत छिर्नुले तरंग नै ल्याएको छ । पछिल्लो समय सिंहको भारतसँग सम्बन्ध सुदृढ हुँदै गएको बुझिएको छ । उनले शक्तिशाली देशहरुसँग व्यक्तिगत रुपमा सम्बन्ध विकास गरेसँगै उत्साही भएका छन् ।

सिंहसँग पछिल्लो समय भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुले पनि सम्बन्ध विकास गरेको बुझिएको छ । गत वर्ष गान्धी जयन्तीमा आयोजित भर्चुअल कार्यक्रममा सिंह पनि वक्ता हुँदा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले बोलेका थिए । यसलाई पनि अर्थपूर्ण मानिएको छ ।

७ वर्षपछि प्रकाशमान सिंह भारत यात्रामा गएका हुन् । सन् २०७१ सालमा महामन्त्री हुँदा तत्कालीन काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको टोलीमा सिंह पनि भारत भ्रमणमा गएका थिए । त्यतिबेला कोइरालाले सिंह र अर्का महामन्त्री कृष्णप्रसाद सिटौला दुवैलाई साथ लगेका थिए ।

सिंह शनिबार साँझ भारत भ्रमणबाट फर्किएसँगै निकटस्थहरुले चासो बढाएका छन् । काँग्रेस कार्यकर्तामाझ पनि सिंहको यात्राले तरंग ल्याएको छ । उनी पछिल्लो समय शक्ति बढाउँदै जान सकेका छन् । सभापति देउवाविरुद्ध आफू सशक्त रुपमा प्रस्तुत भएर चुनाव जित्न सक्ने दाबी गर्दै आएका छन् । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार