मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रतिबन्धित जीएमओ फुड भित्र्याउन थालेको प्रति चार किसान संगठनको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अनुवंश परिवर्तित जैव फुड–जीएमओ फुड (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म)लाई सरकारले आयात गर्न दिन लागेको प्रति किसान संगठनहरूले विरोध जनाएका छन् ।

आठ वर्षअघि नै सर्वोच्च अदालतले देशमा भित्र्याउन रोक लगाएको उक्त फुड मानिस, पशुपन्छी र वातावरणलाई समेत हानि पु-याउने गम्भीर सम्भावना रहेको यस फुडलाई सरकारले सर्वोच्चको आदेशलाई छलेर जस्केलाबाट भित्र्याउन थालेको चार किसान संगठनको आरोप छ ।

अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज कृष्ण रानाले शनिबार संयुक्त विज्ञप्ति जारी गरी प्रतिबन्धित वस्तुहरू आयात गर्ने काम तुरुन्त रोक्न माग गरेका छन् ।

विश्व स्वास्थ्य संगठन समेत विश्वस्त हुन नसकेको प्रतिबन्धित अनुवंश परिवर्तित जैव उत्पादनले मानिसको स्वास्थ्य सुरक्षाका क्षेत्रमा पनि उत्तिकै गम्भीर असर पार्ने उनीहरूको भनाइ छ । यसबारे विश्वव्यापी रूपमा बहस चलिरहेको बेला सरकारले प्रतिन्धित त्यस्ता खाद्यान्नमध्ये हालै मकै, भटमास र क्यानोला (सर्स्यौंको तेल) तेलजस्ता उत्पादनहरू मानिसले प्रत्यक्ष उपभोग नगर्ने भनेर प्लान क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई आयात गर्ने अनुमति दिएर देशमा थप गम्भीर खतरा र समस्या निम्त्याउने काम गरेको किसान संगठनको आरोप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया