वैशाख २२, २०८१ शनिबार May 4, 2024

स्नातक तह चौथो वर्षको परीक्षा दिने दोब्बर दस्तुरको म्याद सकिदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले परीक्षा आवेदन फारम भर्न थपेको दोब्बर दस्तुरको म्याद सकिदैँछ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रणन कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने स्नातक तह चौथो वर्षको परीक्षा दिने व्यवस्थापन तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विद्यार्थीहरुका लागि थप गरिएको म्याद सकिनै लागेको हो । नियमित तथा आंशिक परीक्षार्थीहरुको फारम भर्ने म्याद कार्तिक १० गतेसम्म दिइएको थियो ।

तर सो समय विदाको समय भएका कारण म्याद थपेर कार्तिक ११ देखि १७ सम्म नियमित शुल्कमा परीक्षा फारम भर्ने व्यवस्था गरिएको थियो । तर केहि विद्यार्थीहरुले सो समय अवधिमा पनि परीक्षा फारम भर्न सकेका थिएनन् ।

त्यसकारण दोब्बर दस्तुरमा परीक्षा फारम भर्ने मिति कार्तिक मसान्तसम्म तोकिएको थियो । केहि प्राविधिक समस्याका कारण दोब्बर दस्तुर तिरेर लिइने परीक्षा फारम यही २५ गतेदेखि शुरु भएको छ । केहि दिन बाँकी रहेका कारण परीक्षार्थीहरुलाई तत्काल फारम भर्न त्रिविले सल्लाह दिएको छ । जनबोली

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार