असार २५, २०८२ बुधबार July 9, 2025

नेपाली रेफ्री राज कुमार एफआईबीएको निर्णायक भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपाली बास्केट बल रेफ्री राजकुमार महर्जनले दक्षिण एसियन बास्केट बल च्याम्पियनसिप (साबा)मा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

सोमबारबाट बंगलादेशको राजधानी ढाकामा सुरु भएको दक्षिण एसियन बास्केट बल च्याम्पियनसिपको छैटौं संस्करणमा रेफ्री महर्जनले सहभागिता जनाएका हुन् ।

नेपाल बास्केट बलले ‘नेपाल यस प्रतियोगितामा सहभागी नभए पनि एफआईबीए रेफ्री राजकुमार निर्णायक भूमिकामा रहेको‘ जनाएको छ । राज कुमारले बंगलादेश र श्रीलंकाबीचको खेल खेलाएका थिए ।

यसअघि यसै प्रतियोगितामा महिला तथा पुरुष टोलीका लागि पत्र आए पनि नेपाल बास्केट बल संघको लापरबाहीको कारण नेपालले महिला तथा पुरुष दुबै विधामा सहभागिता जनाउने अवसर गुमाएको थियो । जुन विषयलाई लिएर महिला टोलीकी कप्तान सदिना श्रेष्ठ र पुरुष टोलीका कप्तान सदिस प्रधानले असन्तुष्टि पोखेका थिए ।

नेपालले अघिल्लो साल नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेयता बास्केट बलमा कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन ।

१३औं सागमा नेपालले महिलातर्फ रजत पदक तथा पुरुषतर्फ कास्य पदक जितेको थियो । यस्तै थ्री बाई थ्री मा पुरुष टोलीले रजत तथा महिलाले कास्य जितेको थियो । यता, संघले पछिल्लो समय कुनै पनि बास्केटबलका प्रतियोगिता आयोजना गर्न सकेको छैन । -न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार