काठमाडौं: पूर्व नवयुवराज हृदयेन्द्रलाई अध्ययनका लागि अमेरिकाको एक प्रतिष्ठित कलेजमा भर्ना गर्ने तयारी भइरहेको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार हृदयेन्द्रले नेपालमै अध्ययन गर्न चाहेको भए पनि आमा पूर्व युवराज्ञी हिमानीको इच्छा भने छोराले अमेरिकामा अध्ययन गरोस् भन्ने छ ।
अमेरिकी कलेजका लागि आमाले कर गरेपछि हृदयेन्द्रले ‘अप्लाइ’ गरेका थिए । श्रोतका अनुसार कलेजले कन्फर्मेशन पठाइसकेपछि पनि हृदयेन्द्र अमेरिका जाने कि नजाने भन्नेमा दोधारमै छन् । तर आमा हिमानी भने छोराले अमेरिकामै पढ्नेमा ढुक्क हुनुहुन्छ ।
आमाको दबाबका कारण अप्लाइ गरेकाले कलेज प्राप्तिपछि पनि हृदयेन्द्रमा त्यति ठुलो खुशी छाएको छैन । राजा ज्ञानेन्द्रले पनि आफ्ना नातिलाई नेपालमै पढाउन चाहनुभएको बुझिएको छ । पारिवारिक मामिलामा राजा र युवराज्ञीबीच समान धारणा भए पनि हृदयेन्द्रको सवालमा धारणा बाझिएको निकटवर्तीहरूले बताएका छन् ।
कलेजको नाम भने आफन्तहरूलाई पनि सार्वजनिक गरिएको छैन । यता पूर्व अधिराजकुमारी प्रेरणा केही समयदेखि राजपरिवारका कुनै पनि औपचारिक समारोहमा देखा पर्नुभएको छैन । हिमानी ट्रष्टकी सदस्य उहाँ हिमानी ट्रष्टले आयोजना गरेको दशैं-तिहार शुभकामना कार्यक्रममा पनि देखिनुभएन । त्यसअघि । हिमानीको जन्मदिन र अन्य समारोहहरूमा पनि प्रेरणाको उपस्थिति रहेन । सुत्रका अनुसार उहाँले दाइजोमा प्राप्त गरेको सम्पत्ति सर्वोच्च अदालतले राष्ट्रियकरण गर्ने निर्णय गरेपछि बिग्रिएको उहाँको स्वास्थ अझै पूर्ण राम्रो भईसकेको छैन ! घटना र बिचारबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया