काठमाण्डौंः केपी ओलीले प्रधानमन्त्री छँदा मन्त्रालय, सरकारी कार्यालयको चोटाकोठा र भऱ्याङमा म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार सहन्न’ लेखिएका पोष्टर टाँस्न भ्याए । तर, यतिबेला उनकै एक जना मन्त्रीले पैसा बुझेको अडियो र भिडियो छताछुल्ल हुनै लागेको छ ।
केपीका नाममा सहयोगीहरूले गरेका अनियमितताले सात खत माफ पाए । त्यसको एउटा उदाहरण हुन्, पदम मैनाली । जो यसअघिका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र सचिव रमेश सिंहका कारण अन्यायमा परेका थिए । झण्डै ९ महिना लामो प्रतिक्षा र धैर्यता पछि उनले न्याय पाएका छन् । तत्कालीन भवन विभागका महानिर्देशक मणिराम गेलाल सचिवमा उक्लिएसँगै विभाग दुई महिनासम्म रिक्त राखियो । महानिर्देशकका लागि प्रवल दावेदार थिए सिनियर सहसचिव पदम मैनाली ।
काभ्रेली, गोकुल बाँस्कोटाका जिल्लावासीलाई । कृष्णगोपाल श्रेष्ठ शहरी विकासमन्त्री हुँदा विभागको महानिर्देशक बनाइने नाममा नगदमा कारोबार भयो, २० लाख । न भनेजस्तो काम भयो, न त पैसा नै फिर्ता भयो । कृष्णगोपाल एमालेको बागमतीका इञ्चार्ज । बेदाग मानिस भनिन्थे । आजको जनआस्थाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया