श्रावण २, २०८२ शुक्रबार July 18, 2025

हतियार नबुझाएकालाई बुझाएर राजनीतिको मुलधारमा आउन गृहमन्त्रीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गृहमन्त्री बालकृष्ण खाँणले हतियार नबुझाएका शक्तिहरुलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मुलधारमा आउन आग्रह गरेका छन्। हिंसाको राजनीतिले निकास नदिने भन्दै गृहमन्त्री खाँणले सबै दल तथा शक्तिहरुलाइ राजनीति मुलधारमा आउन आग्रह गरेका हुन्।

नेपाली काँग्रेस रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको पार्टीका नेता तथा कार्यकर्ता सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै उनले विप्लव समूहको राजनीतिक माग र मुद्दालाई सम्बोधन गरेर उसलाइ राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने संकल्प सरकारले गरेको बताए।

गृहमन्त्री खाँणले पार्टी सभापती र प्रधानमन्त्री फरक व्यक्ति हुँदा पार्टी र सरकार दुवै ठाँउमा द्वन्द्व बढ्ने भन्दै अहिले प्रधानमन्त्री रहेकाले सभापतीमा पनी शेरबहादुर देउवालाइ नै जिताउनु पर्ने तर्क गरे।

मुलुकलाइ बलियो बनाउन काँग्रेस बलियो हुनु पर्नेमा उनले जोड दिए। १४औं महाधिवेशले काँग्रेसको ऐतिहासिक भुमिकालाई स्थापित गर्नुका साथै लोकतान्त्रिक पद्दतीलाई बल पुर्‍याउने भएकाले संवेदनशील भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए। महाधिवेशनका बेला पार्टी भित्र आन्तरिक प्रतिश्पर्धा हुनु स्वभाविक भएको उल्लेख गर्दै राष्ट्र र जनताको अधिकार रक्षाका सवालमा काँग्रेस एक ढिक्का हुने बताए। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार