जेठ ४, २०८१ शुक्रबार May 17, 2024

सिन्धुपाल्चोकको ६ किलोमा सवारी दुर्घटना, ७ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ६ किलोमा फेरि अर्को सवारी दुर्घटना भएको छ । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् ।

गत मंसिर २९ गते १६ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको केही दिनपछि नै फेरि जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले बा २ च ६९६५ नम्बरको जीप सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जनाएको छ । जिप काठमाडौंको सीतापाइलाबाट दोलखाको कालिञ्चोकतर्फ जाँदै गर्दा दुर्घटना भएको खुलेको छ ।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया