श्रावण १६, २०८३ शनिबार August 1, 2026

सिन्धुपाल्चोकको ६ किलोमा सवारी दुर्घटना, ७ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ६ किलोमा फेरि अर्को सवारी दुर्घटना भएको छ । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् ।

गत मंसिर २९ गते १६ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको केही दिनपछि नै फेरि जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले बा २ च ६९६५ नम्बरको जीप सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जनाएको छ । जिप काठमाडौंको सीतापाइलाबाट दोलखाको कालिञ्चोकतर्फ जाँदै गर्दा दुर्घटना भएको खुलेको छ ।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार