असार २५, २०८२ बुधबार July 9, 2025

शहीद स्मारक ए डिभिजन लिग आजदेखि सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४:४५ बजेदेखि ए डिभिजन लिग सुरु भएको हो ।

उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको जनाएको छ ।

नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ वटा क्लबले प्रतिस्पर्धा गर्दै छन् ।

लिगको विजेताले नगद ७५ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया