श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चोलेन्द्रको फैसला: सार्वजनिक पोखरी नै आफन्तको नाममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ ।

तर जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अर्बौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलखेल गरी आफ्नो नाममा पारेका हुन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयी सरावगी छपकैयाको पोखरी महानगरकै रहेको बताउँछन् । केही व्यक्तिले फर्जी कागजातका आधारमा आफ्नो नाममा दर्ता गरेको र त्यो आफूहरुले नमान्ने उनको भनाइ छ । व्यक्तको नाममा दर्ता कायम गरिएको निर्णय बदरका लागि महानगरले सम्बन्धित निकाय र कार्यालयहरूमा तीन वर्षअघि नै पत्र लेखेर आग्रह गरिसकेको पनि सरावगी बताउँछन् ।

छपकैयावासीले धार्मिक तथा सांस्कृतिक कार्यका लागि यो पोखरी उपयोग गर्दै आएका थिए । जग्गा कारोबारीले २०७२ असारमा माटोले पुर्न थालेपछि व्यक्तिको नाममा पुगेको खुलेको थियो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय जबरा र दीपकराज जोशीको संयुक्त इजलासले २०७१ भदौ ८ मा उक्त पोखरी शाहको नाममा कायम रहेको फैसला गरेको थियाे । अन्नपूर्ण पोष्ट दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार