श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले प्रशोधित दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरिएको हो ।

महामारीका कारण उत्पन्न असहज परिस्थितिले गर्दा पछिल्लो समय पशुचौपायालाई खुवाउने दाना, चोकर र परालको मूल्य महँगिएकाले दूध तथा दुग्ध पदार्थको उत्पादनमा किसानको लागत मूल्य दिनप्रतिदिन बढ्दै गएकाले मूल्य बढाउनुपर्ने बाध्यता आएको बताइएको छ ।

राष्ट्रिय दुग्ध विकास संस्थानले तोकेको मूल्यअनुसार अहिले प्रशोधित दूधको मूल्य प्रतिलिटर ७२ रुपैयाँ रहेको छ । गुणस्तर र कम्पनीअनुसार दहीको मूल्य प्रतिलिटर ९० देखि १ सय रुपैयाँसम्म छ भने घिउको मूल्य पनि गुणस्तर अनुसार ८ सयदेखि १५ सय रुपैयाँसम्म रहेको छ ।

राष्ट्रिय दुग्ध विकास संस्थानका सूचना अधिकृत बालक चौधरीले कति रुपैयाँ मूल्य बढाउने भन्ने बारेमा सरोकारवाला निकायका अधिकारीहरू बीचमा छलफल भइरहेको भए पनि अभैंm टुङ्गो लागि नसकेको बताए । प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म बढ्न सक्ने अनुमान रहेको उनले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार