जेठ ५, २०८१ शनिबार May 18, 2024

पाँच विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ ।

राजधानीमा बुधवार साँझ औपचारिक कार्यक्रम आयोजना गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गर्नुभयो । ‘पाण्डा बुक कर्नर’ अन्तर्गत शिक्षा, संस्कृति, भाषा, साहित्यलगायत विधाका पुस्तक दिइएको हो । यस वर्ष लमजुङको बालआर्दश उच्च मावि, काठमाडौँ ठमेलको सिद्धिगणेश उच्च मावि, काठमाडौँकै एलआरआई विद्यालयलगायतले ‘पाण्डा बुक कर्नर’ प्राप्त गरेका छन् ।

समारोहमा सम्बोधन गर्दै मन्त्री पौडेलले चीन सरकारको यस प्रकारको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोग र सहकार्य जीवन्त रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले २१औँ शताब्दीको चुनौती सामना गर्न शिक्षाका क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा गरेको जनाउँदै गुणस्तरीय र प्रभावकारी शिक्षामा चीनसँगको सहकार्यले रोजगार सिर्जना तथा विकास र समृद्धिमा योगदान गर्ने बताउनुभयो ।

त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान र नेपाली विद्यार्थीको शैक्षिक विकासमा चिनियाँ दूतावासले उच्च महत्त्व दिएको बताउनुभयो । राजदूत यान्छीले पाण्डा बुक कर्नर नेपालका विद्यार्थीको शैक्षिक विकासको लागि स्थापित एक महत्त्वपूर्ण सहकार्यको क्षेत्र रहेको बताउनुभयो । उहाँले आउँदा दिनमा विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा पनि सहकार्य र सहयोग बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चीन मैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले पाण्डा बुक कर्नरमार्फत नेपाल र चीनबीचको सांस्कृतिक र शैक्षिक सम्बन्ध जनस्तरमा थप विस्तार भएको धारणा राख्नुभयो । सो अवसरमा एलआरआई विद्यालयका प्रधानाध्यापक डा देवकान्त जोशी, बालआर्दश उच्च माविका प्रधानाध्यापक रामकृष्ण भण्डारीलगायतले धारणा राख्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल
२०८१ जेठ ५, शनिबार
कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट
२०८१ जेठ ५, शनिबार
प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरूबीच छलफल : संसदीय छानबिन समिति बनाउन सकारात्मक
२०८१ जेठ ५, शनिबार
शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति
२०८१ जेठ ५, शनिबार
गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
२०८१ जेठ ५, शनिबार
आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा
२०८१ जेठ ५, शनिबार
‘समिति’ अल्झनमा संसद्
२०८१ जेठ ५, शनिबार