जेठ ५, २०८१ शनिबार May 18, 2024

नविकरण प्रक्रियामा संलग्न नहुने कलेजहरुको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यलयले सम्बन्धन प्राप्त गरेका सामुदायिक तथा नीजि कलेजहरुको सम्बन्धन कार्यक्रम नवीकरण्का लागि समय थप गरेको छ । कार्तिक ३० गतेसम्म समय तोकिएकोमा केहि कलेजले कार्यक्रम नविकरण आवेदन दर्ता नगराएकोले नवीकरणका लागि समय थप गरेको हो ।

थप गरीएको समय अनुसार माघ २० गते भित्र साधरण दस्तुर र सो पछि माग मसान्तसम्म दोब्बर दस्तुर तिरी अनिवार्य रुपमा सम्बन्धन कार्यक्रम नविकरणका लागि आवेदन दर्ता गर्न सूचना जारी गरेको छ ।

थप गरएिको समयसीमा भित्र पनि नविकरण प्रक्रियामा संलग्न नहुने सम्बन्धन प्राप्त गरेका सामुदायिक र नीजि कलेजहरुको सम्बन्धन खारेज प्रक्रिया अगाडि बढाइने चेतावनि दिएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया