जेठ ५, २०८१ शनिबार May 18, 2024

सामुदायिक र निजी क्याम्पस-कलेजहरूले सम्बन्धन कार्यक्रम नवीकरणका निमित्त समयावधि थपियो (सूचनासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिविले सम्बन्धन प्राप्त गरेका सामुदायिक र निजी क्याम्पस-कलेजहरूले सम्बन्धन कार्यक्रम नवीकरणका निमित्त समयावधि थप  गरेको छ ।

त्रिविले गोरखापत्रमा एक सुचना जारी गरी  २०७८ मार्ग मसान्त सम्ममा दोब्बर दस्तुर तिरी अनिवार्य रूपमा सम्बन्धन कार्यक्रम नवीकरणका लागि भनेको हो ।

प्रकाशित सूचनामा भनिएको छ, ‘यस मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीन कार्यालयबाट सम्बन्धन प्राप्त गरेका सामुदायिक र निजी क्याम्पस÷कलेजहरूले सम्बन्धन कार्यक्रम नवीकरण गर्न मिति २०७८ कार्तिक ३० गतेसम्म समय तोकिएकोमा कतिपय क्याम्पस÷कलेजहरूले तोकिएको समय भित्र कार्यक्रम नवीकरणका लागि आवेदन दर्ता नगरिएकोले यही २०७८ मार्ग २० गतेभित्र सम्पर्क राखी साधारण दस्तुरमा र सो मिति पश्चात २०७८ मार्ग मसान्त सम्ममा दोब्बर दस्तुर तिरी अनिवार्य रूपमा सम्बन्धन कार्यक्रम नवीकरणका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सो थप गरिएको समयसीमा भित्र पनि नवीकरण प्रक्रियामा संलग्न नहुने सम्बन्धन प्राप्त गरेका सामुदायिक र निजी क्याम्पस÷कलेजहरुको सम्बन्धन खारेज प्रक्र्रिया अगाडि वढाइने व्यहोरा पनि सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’- जनबोली

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया