कार्तिक २३, २०८३ सोमबार November 9, 2026

नेमकिपा प्रतिनिधि मण्डलद्वारा शिक्षामन्त्री पौडेलको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शिक्षामन्त्री देवेन्द्र पौडेलसँग नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको नेतृत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगायत प्रतिनिधि मण्डलले भेट गरेको छ ।

आज मन्त्रालयमा भएको भेटमा सांसद सुवालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रकाशित स्टाफ नर्स विषयको भर्ना आवेदन फाराम भर्ने सम्बन्धी सूचनामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहु प्राविधिक अध्ययन संस्थानको नाम छुट भएको विषयमा ध्यानाकर्षण गराउनुभयो ।

उहाँले ख्वप विश्वविद्यालयको विधेयक सदनमा अगाडि बढाउन पनि माग गर्नुभयो ।

त्यस अवसरमा शिक्षामन्त्री  पौडेलले ‘चिकित्सा शिक्षा ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले  नर्सिङको पठनपाठन गर्न पाउने’ व्यवस्था भएकोले मन्त्रालयले यस्तो निर्णय गर्नु परेको बताउनुभयो । उहाँले माग जायज भए पनि ऐनको प्रावधानले गर्दा गाह्रो भएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
२०८३ कार्तिक २३, सोमबार
तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २३, सोमबार
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
कोप–३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार