काठमाडौं । प्रदेश ३ को नाम बाग्मती राख्न खोजेको भन्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन भएको हो ।
विभिन्न जातीय संघसंस्थाले प्रदेश ३ को नाम नेवा:ताम्सालिङ राख्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । सोमबारदेखि प्रदेश ३ को प्रदेशसभा अधिवेशन सुरु हुन लागेकाले उनीहरुले प्रदर्शन गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया