असोज १५, २०८३ बिहिबार October 1, 2026

घुस मागेको र द्धारिका गएको आरोप झुटो होः उपाध्यक्ष गिरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग २० करोड घुस मागेको आरोप भ्रामक भएको भन्दै खण्डन गरेका छन् ।

दुर्गा प्रसाईँले चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै गिरीले आफ्नो मानहानी भएको र त्यसको कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले बुधबार पत्रकार सम्मेलन गरेर कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।

बुधबार नै पत्रकार सम्मेलन गरेका गिरीले आरोपको पुष्टि गर्न चेतावनी पनि दिएका हुन् । साथै उनले जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘दुर्गा प्रसाईले म विरुद्ध लगाईएको आरोप मित्थ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय छ । यो आरोपको पुष्टि गर्न चेतावनी दिन्छु ।’

उनले प्रसाईँले भने जस्तो आफू द्धारिका होटलमा भेटन नगएको समेत दावी गरेका छन् । उनले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार लेखाएका भन्दै त्यस विरुद्ध आफू कानूनी बाटो अवलम्बन गर्ने समेत बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार