जेठ ५, २०८१ शनिबार May 18, 2024

घुस मागेको र द्धारिका गएको आरोप झुटो होः उपाध्यक्ष गिरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग २० करोड घुस मागेको आरोप भ्रामक भएको भन्दै खण्डन गरेका छन् ।

दुर्गा प्रसाईँले चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै गिरीले आफ्नो मानहानी भएको र त्यसको कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले बुधबार पत्रकार सम्मेलन गरेर कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।

बुधबार नै पत्रकार सम्मेलन गरेका गिरीले आरोपको पुष्टि गर्न चेतावनी पनि दिएका हुन् । साथै उनले जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘दुर्गा प्रसाईले म विरुद्ध लगाईएको आरोप मित्थ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय छ । यो आरोपको पुष्टि गर्न चेतावनी दिन्छु ।’

उनले प्रसाईँले भने जस्तो आफू द्धारिका होटलमा भेटन नगएको समेत दावी गरेका छन् । उनले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार लेखाएका भन्दै त्यस विरुद्ध आफू कानूनी बाटो अवलम्बन गर्ने समेत बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया