जेठ ५, २०८१ शनिबार May 18, 2024

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गतेः पुस २२ भित्र फारम विद्यालयमा बुझाउनु पर्ने (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । २०७८ भदौ ३० गते देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीहरुका लागि परीक्षा सञ्चालन हुन लागेको हो ।

रजिस्ट्रन नम्बरको सुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पुरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुइ विषयमा मात्र ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको जनाएको छ ।

परीक्षामा सहभागि हुने परक्षिार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आवेदन फारम भर्न भनिएको छ । फारम भर्ने समय नियम शुल्कमा पुसको १८ गते सम्म र छुट भएकाहरुले बिलम्ब शुल्क सहित पुसको २२ गते सम्ममा फारम विद्यालयमा बुझाउनु पर्ने छ ।

त्यसैगरी सम्बन्धित विद्यालयले विद्यार्थीहरु द्धारा भरीएको फारम २६ गते सम्ममा बोर्डका कार्यलयहरुमा बुझाउनु पर्ने छ ।- खबरएजुकशेन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया