श्रावण १३, २०८३ बुधबार July 29, 2026

लोक सेवाले मानेन सर्वोच्चको निर्देशन : विपन्नप्रति विभेद यथावत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतले विपन्न परिवारका आवेदकबाट शुल्क नलिन निर्देशनात्मक आदेश दिए पनि लोक सेवा आयोगले अवज्ञा गरेको पाइएको छ । सर्वोच्चले २०७४ सालमा विपन्न परिवारका आवेदकबाट शुल्क नलिन आदेश दिएको थियो । तर, यो आदेश अहिलेसम्म कार्यान्वयन भएको छैन ।

लोक सेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्दा विभिन्न पदमा छुट्टाछुट्टै शुल्क लिन्छ । खुला र समावेशी दुवैमा आवेदन दिँदा अतिरिक्त शुल्क बुझाउनुपर्छ ।

उदाहरणका लागि लोक सेवाले स्थानीय तहका लागि खोलेको विज्ञापनमा तह ९ को दरखास्तका लागि खुल्लातर्फ १२ सय रुपैयाँ दस्तुर बुझाउन भनिएको छ । तर, यही पदमा समावेशीतर्फ पनि आवेदन दिनेहरुले थप ५ सय रुपैयाँ बुझाउनुपर्ने भनिएको छ ।
सबै तह र निकायलाई समाबेसी गराउने उद्देश्यले सरकारले महिला, आदिवासीरजनजाती, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि निश्चित प्रतिशत कोटा छुट्याएको छ । तर, जो पछाडि परेको छ र सरकारले जसलाई आरक्षण दिएको छ, उसैबाट बढी शुल्क लिने गरिएको भन्दै अधिकारकर्मीहरुले विरोध जनाएका छन् । यो सकारात्मक विभेद एवं सामाजिक न्यायविपरीत भएको अधिकारकर्मीहरुको तर्क छ ।

सर्वोच्चको आदेश

सीमान्तीकृत समुदायबाट लोकसेवा आयोगले लिएको थप दस्तुर संविधानको मर्म विपरीत भन्दै यसअघि सर्वोच्च अदालतमा मुद्दासमेत गरेको थियो । लोकसेवा आयोगले पिछडिएको वर्ग, क्षेत्र लिंग र आर्थिक रुपमा विपन्न समुदायबाट लिँदै आएको थप दस्तुर संविधानको मौलिक हक विपरीत भएको भन्दै ०७४ सालमा सर्वोच्च अदालतमा अमरबहादुर साह, प्रवीन पन्दाक र राजेश्वरी महर्जनले उत्प्रेषण आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदकहरुले खुलाबाहेक समावेशी समूहमा पनि आवेदन दिँदा अतिरिक्त शुल्क लिन नपाउने आदेश जारी गर्न माग गरेका थिए ।

तत्कालीन न्यायाधीश ओमप्रकाश मिश्र र दीपककुमार कार्कीले गरेको फैसलाबाट अतिरिक्त दस्तुर लिने व्यवस्था सामाजिक न्यायको अवधारणा विपरीत नदेखिएको भन्दै सो रिट खारेज गरे । तर, आर्थिक रुपमा विपन्न आवेदकहरुलाई निःशुल्क फारम भर्ने व्यवस्था गर्नू भनी लोकसेवा आयोगका नाममा निर्देशनात्मक आदेश जारी भयो ।

सर्वोच्चको फैसलामा भनिएको छ, ‘आयोगले तोकेको दस्तुर सबै नेपाली नागरिकले तिर्न सक्ने अवस्था नरहेकाले त्यस्तो आर्थिक रुपमा विपन्न भएको प्रमाणपत्र आधिकारिक निकायबाट कुनै व्यक्तिले ल्याएको रहेछ भने त्यस्तो व्यक्तिलाई निःशुल्क रुपमा दरखास्त फारम भर्न अवसर प्रदान गर्ने सन्दर्भमा सम्बन्धित अन्य निकायसँग समन्वय गरी आवश्यक व्यवस्था गर्नू गराउनु भनी लोकसेवा आयोगको नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार