जेठ ५, २०८१ शनिबार May 18, 2024

वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षको परीक्षा तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले पुस महिनादेखि सञ्चालन हुने वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि तालिका सार्वजनिक गरेको हो ।

साथै कार्यक्रमानुसार केही परीक्षार्थीहरुकोे परीक्षा आवेदन फारम भर्न छुटेको परीक्षार्थीहरुले दोव्वर दस्तुर सहित २०७८ मंसीर २७ गतेसम्म क्याम्पसमा परीक्षा आवेदन फारम भराई २०७८ मंसीर २९ गते भित्र भौचर सहित परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्न जानकारी गराइएको छ ।

परीक्षा पुसको २० गतेदेखि माग १७ गतेसम्म दिउसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने जनाएको छ ।- खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया