जेठ ५, २०८१ शनिबार May 18, 2024

मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिकपत्र हस्तान्तरण गरिसकेको जानकारी दिए ।

उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पुर्याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने छ । बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
२०८१ जेठ ५, शनिबार
गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल
२०८१ जेठ ५, शनिबार
कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट
२०८१ जेठ ५, शनिबार
प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरूबीच छलफल : संसदीय छानबिन समिति बनाउन सकारात्मक
२०८१ जेठ ५, शनिबार
शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति
२०८१ जेठ ५, शनिबार
गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
२०८१ जेठ ५, शनिबार
आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा
२०८१ जेठ ५, शनिबार