जेठ ५, २०८१ शनिबार May 18, 2024

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जाजरकोटको सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस् हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । सो विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस् हुने, चिच्याउने, रुनेलगायत समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताउनुभयो ।

बिहीवार १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिनुभयो । केही बेर बेहोस् हुने कराउने गरेपछि आफैँ ठीक हुने गरेको उहाँले भन्नुभयो । केही समयपछि फेरी अरु छात्रालाई यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

केही समय अघि विद्यालयको छात्रावासमा बस्ने १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी थिइन् । डा समीक्षा मल्लले छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरे विस्तारै समस्या आफँै समाधान हुने बताउनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल
२०८१ जेठ ५, शनिबार
कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट
२०८१ जेठ ५, शनिबार
प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरूबीच छलफल : संसदीय छानबिन समिति बनाउन सकारात्मक
२०८१ जेठ ५, शनिबार
शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति
२०८१ जेठ ५, शनिबार
गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
२०८१ जेठ ५, शनिबार
आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा
२०८१ जेठ ५, शनिबार
‘समिति’ अल्झनमा संसद्
२०८१ जेठ ५, शनिबार