कार्तिक २३, २०८३ सोमबार November 9, 2026

नेपाल संस्कृत विश्वविद्यालय ३६ वर्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएको आज ३५ वर्ष पूरा भएको छ । दाङको बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको छ । संस्कृत भाषा संरक्षण गर्ने उदेश्यले २०४३ सालमा दाङमा  स्थापना भएको विश्वविद्यालय आरोह अपरोह पार गर्दै ३५ वर्ष पूरा भएको छ । स्थापनाको ३५ औं वर्ष पूरा हुँदै गर्दा विश्वविद्यालयले उदेश्य अनुसार कार्य सम्पादन गर्दै आएको बताएको छ ।

विश्वविद्यालयको स्थापना दिवसको अवसरमा शुक्रबार नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ। विश्वविद्यालयमा २५ वर्ष सेवा पूरा गरेका, तथा सेवा अवधि पूरा भएर निवृत्त भएका ९९ जना प्राध्यापक, कर्मचारीहरुलाई सेवा पदक प्रदान गरिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तरगतका आशिंक क्याम्पसहरुमा कार्यरत २५ वर्ष सेवा पूरा गरेका र निवृत्त भएका शिक्षक कर्मचारी ९९ जनालाई सेवा पदकले सम्मान गरिएको विश्व विद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए । उनले लामो समयदेखि विश्वविद्यालयमा यो काम हुन नसकेको अवस्थामा अहिले सुरु गरिएको र यसले अब निरन्तर पाउने बताए । अधिकारीले २०७० सालदेखि सेवा पदक नपाएकालाई एकसाथ विश्वविद्यालयले सेवापदक प्रदान गरेको बताए । कुलसचिव अधिकारीले विश्वविद्यालयको दीक्षान्तसमेत हुन नसकेको भन्दै अब छिट्टै दीक्षान्त समारोह पनि गरिने बताए ।

शिक्षाध्यक्ष प्रा.डा. भीम प्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति यादव प्रसाद लामिछानेले विश्वविद्यालयमा रोकिएका क्रियाकलापहरु अब सुरु हुन थालेको बताए । अनादिकालदेखि सञ्चित रहँदै आएका मानवमात्रका लागि उपयोगी प्रज्ञासम्पत्तिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्दै नेपाललाई पूर्वीय एवम् पाश्चात्य ज्ञानविज्ञानको अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकसित तुल्याउने उद्देश्यले स्थापना भएको विश्वविद्यालयले त्यहि अनुसार गति लिइरहेको उनले बताए । संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्धन गरिरहेको उनले बताए । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
२०८३ कार्तिक २३, सोमबार
तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २३, सोमबार
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
कोप–३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार