श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

बानेश्वरबाट १३ जना जुवाडे समातिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी छन् ।

विशेष सूचनाका आधारमा शुक्रबार साँझ खटिएको प्रहरी टोलीले काठमाडौं-३१ को एक घरमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको छ ।

वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया