असार २३, २०८२ सोमबार July 7, 2025

पाकिस्तानमा मन्दिरमा मूर्ति तोडफोड भएपछि प्रदर्शनमा उत्रिए हिन्दू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाकिस्तानको कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा सोमबार राति दुई अतिवादी युवाहरुले मूर्तिलाई हथौंडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।

यसको बिरोधमा आज कराँची सिटी कोर्ट र प्रेस क्लब अगाडी सयौंको संख्यामा पाकिस्तानी हिन्दूहरुले सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सयौं महिलाहरुको पनि उपस्थिति रहेको थियो ।

उनीहरुले आरोपीहरुलाई सजाय दिन माग गरेका छन् । फेरि पाकिस्तानी अल्पसंख्यक हिन्दू र धर्ममाथि यस्तो खालको व्यवहार नहोस् भन्नका लागि कारबाही तत्काल हुनुपर्ने उनीहरुले माग गरे ।

उता पक्राउ परेका युवकलाई कराँचीस्थित सिटी कोर्टले १४ दिनका लागि पूर्पक्षका लागि पठाएको छ ।

मन्दिरमा भएको उक्त घटनालाई लिएर स्थानीय हिन्दूहरु क्रुद्ध भएका छन्  । उनीहरुले प्रहरीले यस घटनालाई गम्भीरताका साथ नलिएको आरोप उनीहरुको छ ।

अहिलेसम्म अर्का आरोपी पक्राउ पर्न सकेका छैनन् । स्थानीय सञ्चारमाध्यमले पनि यो घटनालाई दबाउन खोजेको भन्दै उनीहरुले कराँची प्रेस क्लब अगाडि प्रदर्शन गरेका हुन् ।

पाकिस्तानमा पछिल्लो समय हिन्दूहरुमाथिको आक्रमणमा वृद्धि आएको छ । २२ महिनामा हिन्दू मन्दिरमा भएको यो ९ औं आक्रमण भएको जनाइएको छ ।

घटनाले सांप्रदायीक हिंसा भड्न सक्ने भन्दै स्थानीय मुस्लिम समुदायले घटनाको निन्दा गरेको छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार