हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।
प्रदेश ३ को नाम धुलिखेल राख्न विवेकशील साझा पार्टीले प्रस्ताव गरेको थियो । प्रदेश ३ को प्रदेशसभा बैठकमा आइतबार बिहान भएको मतदानमा यो प्रस्ताव अस्वीकृत भएको हो ।
प्रदेश ३ प्रदेशसभाका ११० मध्ये उपस्थित १०४ सांसद मतदाननमा सहभागी थिए । जसमा ३ जनाले मात्रै धुलिखेललाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरे । नेकपा, कांग्रेस, नेमकिपा, राप्रपा सयुक्त र राप्रपाका सांसद भने धुलिखेल बनाउन नहुने पक्षमा उभिए ।
अहिले राजधानी हेटौंडा कायम गर्नेबारे मतदान प्रक्रिया भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया