असोज १५, २०८३ बिहिबार October 1, 2026

आफन्तको तोडफोडपछि मेडिकल कलेजका कर्मचारीले मागे सुरक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । उपचारका क्रममा सुत्केरीको मृत्युका विषयलाई लिएर आफन्तले अस्पतालमा तोडफोड गरेपछि नेपाल मेडिकल कलेजका कर्मचारीले सरकारसँग सुरक्षाको माग गरेका छन्।

मेडिकल कलेजको शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनले आइतबार १२ बजेपछि आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्। कर्मचारी युनियनले सुरक्षाको प्रत्याभुति नभएसम्म सेवा दिन नसकिने बताएका छन्।

अस्पतालमा सुत्केरीका क्रममा भोजपुर षडानन्द नगरपालिका ८ की सुनिता राईको २४ गते राती मृत्यु भएको थियो। सुत्केरी राईको मृत्यु भए पनि नवजात शिशु भने स्वस्थ छिन्।

सुत्केरीका क्रममा अस्पतालका तर्फबाट लापरबाही भएको आफन्तको आरोप छ। आफन्तले घटनाको विषयमा छानबिन गर्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा शनिबार तोडफोड गरेका थिए। आइतबार पनि आफन्तले अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्।

नाराबाजी र शनिबारको तोडफोडका कारण अस्पतालको सेवा प्रभावित भएको छ। अस्पताल प्रशासनले अहिलेसम्म घटनाको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार