श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

शिष्यलाई ठगेको आरोपमा शिवानन्द स्वामी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् ।

‘अरु पनि पीडित हुन सक्छन् । हामी अनुसन्धान गरिरहेका छौं’, थापाले भने, ‘चेक रिपब्लिक पठाउने भनिए पनि भण्डारीको त्यस देशमा पठाउनलाई कुनै सम्बन्ध देखिँदैन ।’

भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । उनको टौदहमा पनि आश्रम रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया