असोज १८, २०८३ आइतबार October 4, 2026

जग्गा नाप्दा घुस माग्ने नापी सर्वेक्षक घुससहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । जग्गा नापजाँच गर्दा घुस नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो ।

घुस मागेको सूचना पाएपछि पछ्याउदै गएको टोलीले साहलाई रंगेहात पक्राउ गरेको अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिएका छन । साहलाई अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
२०८३ असोज १८, आइतबार
राष्ट्र बैंकद्धारा आज आईतबारका लागि विदेशी मुद्राको विनिमयदर
२०८३ असोज १८, आइतबार
जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा संक्रमण
२०८३ असोज १८, आइतबार
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, यस्तो छ पार्किङको व्यवस्था
२०८३ असोज १८, आइतबार
आज आईतबार : कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १८, आइतबार
बडादशैंको पूर्व सन्ध्यामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै
२०८३ असोज १८, आइतबार
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल
२०८३ असोज १८, आइतबार