असार २३, २०८२ सोमबार July 7, 2025

सार्वजनिक बसभित्र अश्लील हर्कत गर्ने युवक एक वर्षपछि पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बस काण्ड’ प्रकरणलाई लिएर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ चितवनबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।

यद्यपि, पक्राउ पर्नेको नाम खुलाइएको छैन । उनलाई राति नै काठमाडौंतर्फ ल्याइएको छ ।

पक्राउ परेका व्यक्तिले भिडियो अपलोड गरेको स्वीकारेका छन् । स्रोतले भन्यो, ‘तर, आफूले महिलामाथि अभद्र व्यवहार नगरेको दाबी गरेका छन् ।’

भाइरल भएको एक भिडियोमा सार्वजनिक बसभित्र युवकले हस्तमैथुन गरेको दृष्य थियो । उनको बिर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो । युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन । त्यसैले अनुसन्धान जटिल भएको थियो ।

यस प्रकरणलाई लिएर बसमा महिलाहरु असुरक्षित भएको भन्दै गत वर्ष करिब दुई दर्जन युवतीहरु महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेका थिए । उनीहरुले प्रहरीलाई अनुसन्धान गरेर सत्य, तथ्य सार्वजनिक गरिदिन आग्रह गरेका थिए ।

त्यसपछि नै प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा भिडियो सुरुमा अपलोड गरिएको समूहको पहिचान प्रहरीले गरेको थियो । अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पनि इमेलबाट सम्पर्क गरेर सहयोग मागिएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले लामो निगरानी र अनुसन्धानपछि ती व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्ने तयारी गरिएकाले पक्राउ पर्नेको नाम सार्वजनिक नगरिएको महाशाखाका एक अधिकृतले बताएका छन ।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि चासो देखाएको थियो । प्रहरी प्रधान कार्यालय, नक्सलले पनि प्रेस विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएको थियो ।

तत्कालीन केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘सवारी साधनभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोमाथि सम्बन्धित इकाइहरुबाट सुक्ष्म अनुसन्धान भइरहेको छ ।’

उनले घटनाबारे स्पष्ट भएपछि सत्य, तथ्य प्रकाशमा ल्याइने जनाएका थिए । हाल सुवेदी नै काठमाडौं प्रहरी प्रमुख छन् । अपराध महाशाखाले त्यसबेलै भिडियो खिचिएको बस काठमाडौंको डल्लु क्षेत्रमा कद्ने पत्ता लगाएको थियो ।

ट्वीटरमा राखिएको सूचनापछि प्राप्त सूचनाको आधारमा बसमा चढ्ने एक अर्की महिलासम्म प्रहरी पुगेको थियो । उनैले पीडित भनिएकी महिलासँग प्रहरीलाई भेट गराइदिएकी थिइन् । बयानका क्रममा ती महिलाले गाडीबाट ओर्लिएपछि मात्रै गलत कार्यबारे थाहा पाएको बताएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार