श्रावण १३, २०८३ बुधबार July 29, 2026

सार्वजनिक बसभित्र अश्लील हर्कत गर्ने युवक एक वर्षपछि पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बस काण्ड’ प्रकरणलाई लिएर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ चितवनबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।

यद्यपि, पक्राउ पर्नेको नाम खुलाइएको छैन । उनलाई राति नै काठमाडौंतर्फ ल्याइएको छ ।

पक्राउ परेका व्यक्तिले भिडियो अपलोड गरेको स्वीकारेका छन् । स्रोतले भन्यो, ‘तर, आफूले महिलामाथि अभद्र व्यवहार नगरेको दाबी गरेका छन् ।’

भाइरल भएको एक भिडियोमा सार्वजनिक बसभित्र युवकले हस्तमैथुन गरेको दृष्य थियो । उनको बिर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो । युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन । त्यसैले अनुसन्धान जटिल भएको थियो ।

यस प्रकरणलाई लिएर बसमा महिलाहरु असुरक्षित भएको भन्दै गत वर्ष करिब दुई दर्जन युवतीहरु महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेका थिए । उनीहरुले प्रहरीलाई अनुसन्धान गरेर सत्य, तथ्य सार्वजनिक गरिदिन आग्रह गरेका थिए ।

त्यसपछि नै प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा भिडियो सुरुमा अपलोड गरिएको समूहको पहिचान प्रहरीले गरेको थियो । अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पनि इमेलबाट सम्पर्क गरेर सहयोग मागिएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले लामो निगरानी र अनुसन्धानपछि ती व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्ने तयारी गरिएकाले पक्राउ पर्नेको नाम सार्वजनिक नगरिएको महाशाखाका एक अधिकृतले बताएका छन ।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि चासो देखाएको थियो । प्रहरी प्रधान कार्यालय, नक्सलले पनि प्रेस विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएको थियो ।

तत्कालीन केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘सवारी साधनभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोमाथि सम्बन्धित इकाइहरुबाट सुक्ष्म अनुसन्धान भइरहेको छ ।’

उनले घटनाबारे स्पष्ट भएपछि सत्य, तथ्य प्रकाशमा ल्याइने जनाएका थिए । हाल सुवेदी नै काठमाडौं प्रहरी प्रमुख छन् । अपराध महाशाखाले त्यसबेलै भिडियो खिचिएको बस काठमाडौंको डल्लु क्षेत्रमा कद्ने पत्ता लगाएको थियो ।

ट्वीटरमा राखिएको सूचनापछि प्राप्त सूचनाको आधारमा बसमा चढ्ने एक अर्की महिलासम्म प्रहरी पुगेको थियो । उनैले पीडित भनिएकी महिलासँग प्रहरीलाई भेट गराइदिएकी थिइन् । बयानका क्रममा ती महिलाले गाडीबाट ओर्लिएपछि मात्रै गलत कार्यबारे थाहा पाएको बताएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार