बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

इमोमार्फत १० लाख ठगेको आरोपमा सात जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । सामाजिक सञ्जाल इमोमार्फत चिट्ठा परेको भन्दै १० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

१० लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा मोरङ सुन्दरहरैचाका आइएमइ सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आइएमइमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै विराटनगर– १ का सजिलो मनि ट्रान्सफर सञ्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, रङ्गेली नगरपालिका ६ का २८ वर्षीय भवेश कुमार मण्डल, सुनवर्षी नगरपालिका ८ का २२ वर्षका अब्दुल सलाम, भारत विहारका २५ का शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहम्मद ईसुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

इमोमार्फत चिठ्ठामा २५ लाख भारतीय रुपैयाँ परेको भन्दै उनीहरूले ठग्दै आएको प्रहरीले बताएको छ ।

भारु २५ लाखको चिठ्ठा परेको र उक्त पैसा पाउनको लागि कर बापत रकम तिर्नु पर्छ भनी पटक-पटक गरी १० लाख भन्दा बढी रकम ठगेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताएका छन।

आफू ठगिएको भन्दै कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ कि धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् । धामीको उजुरी परेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको बस्नेतले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार