असोज १५, २०८३ बिहिबार October 1, 2026

मानसिक स्वास्थ्य सुधार्ने ५ उपाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काम, स्वास्थ्य समस्या, सामाजिक सञ्जाल, विभाजनकारी राजनीति, अन्तर्राष्ट्रिय सुरक्षा चिन्ता, वातावरणीय खतरा। आजको जमानामा मानिसलाई तनाव दिने समस्याको कुनै कमी छैन।

त्यसैले त हामीमध्ये थुप्रै विविध मानसिक समस्या झेलिरहेका छौँ। यस्तो अवस्थामा मानसिक स्वास्थ्यलाई सुधार्न तपाईं यी कदम चाल्न सक्नुहुन्छ :

१. आशावादी हुन सिक्नुहोस्
जीवनको उज्यालो पक्षलाई हेर्नुको अनेकौँ फाइदा छन्। अध्ययनहरुले देखाएका छन्, आशावादी मानिसलाई हृदयाघात तथा स्ट्रोकको सम्भावना ३५ प्रतिशत कम हुन्छ। तिनले स्वस्थ आहार खाने र नियमित शारीरिक कसरत गर्ने सम्भावना पनि ज्यादा हुन्छ। त्यसैले उनीहरुको प्रतिरक्षा प्रणाली बलियो हुन्छ र आयु पनि लामो हुन्छ। सन् २०१९ को एक अध्ययनले त अत्यन्त आशावादी व्यक्ति ८५ वर्षभन्दा बढी बाँच्ने सम्भावना बढी रहेको देखाएको छ।

तर, आशावादी बन्नु भनेको दैनिक जीवनका तनावलाई बेवास्ता गर्नु होइन। जब जीवनमा नराम्रा घटना हुन्छन्, तपाईंले आफूलाई दोष दिनुहुँदैन। आशावादी मानिसहरु भाग्यमा आफ्नो नियन्त्रण रहेको विश्वास गर्छन् र उपयुक्त अवसरको सिर्जना गर्न सक्षम हुन्छन्।

यहाँ खुसीको कुरा के छ भने स्वभावले निराशावादी व्यक्तिले समेत आशावाद सिक्न सक्छ। हाम्रो आशावादको २५ प्रतिशत मात्रै वंशाणुगत रुपमा निर्धारित हुन्छ। अरु हिस्सा व्यक्तिले सिक्ने हो। त्यसका लागि मानसिक कसरतको आवश्यकता पर्छ।

यसका लागि सबैभन्दा उत्तम उपाय भनेको भविष्यमा सबै समस्या समस्या समाधान भइसकेपछिको अवस्थामा कल्पना गर्नु हो। ‘बेस्ट पसिबल सेल्फ’ भनिने यो तरिका हप्तामा १५ मिनेट मात्रै अभ्यास गर्ने हो भने मानिसको दृष्टिकोण बदलिने अध्ययनहरुले देखाएका छन्।

२. परोपकार गर्नुहोस्
परोपकारले मानिसमा उर्जा र सन्तुष्टि दिने अध्ययनहरुले पुष्टि गरेका छन्। कुनै फलको आशा नराखी अरुको सेवा गर्ने हो भने त्यसले मानसिक स्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छ।

यसले व्यक्तिलाई अवसादको पञ्जामा पर्न पनि दिँदैन। त्यसैले तपाईंसँग थोरै समय छ भने पनि त्यो अरुको भलाइमा लगाउनुहोस्।

३. कृतज्ञ बन्न सिक्नुहोस्
कृतज्ञताको फाइदाबारे हामीले धेरै सुनिसकेका छौँ। यसले हामीलाई एन्जाइटी, डिप्रेसनजस्ता स्वास्थ्य समस्याबाट बचाउँछ। माध्यामिक विद्यालयमा गरिएको एक अध्ययनअनुसार जसलाई कृतज्ञतासम्बन्धी अभ्यास गराइन्छ, उनीहरुमा खराब व्यवहार कम भएको पाइएको थियो।

आखिर कृतज्ञ बन्नका लागि कसैको ऋण तिरिरहन जरुरी छैन। तपाईंले आफ्नो जीवनमा जोजसबाट सहयोग पाउनुभयो, तिनका बारेमा सोचे मात्रै पनि राम्रो नतिजा निस्किन सक्छ।

४. सामाजिक सम्बन्ध बढाउनुहोस्
‘परिवार, साथी र समुदायसँग गाढा सामाजिक सम्बन्ध भएको मानिस शारीरिक रुपले बढी स्वस्थ हुन्छ र अरु मानिसको भन्दा तिनको आयु लामो हुन्छ,’ हार्वर्ड विश्वविद्यालयका मनोचिकित्सक रोबर्ट वाल्डिंगर भन्छन्।

हार्वर्डमा यसबारे ७५ वर्ष लामो अध्ययन पनि भएको थियो। जसमा ७ सय २४ व्यक्तिको जीवनलाई नियालिएको थियो। ‘यो अध्ययनको स्पष्ट सन्देश थियो, राम्रो सम्बन्धले हामीलाई खुसी र स्वस्थ राख्छ,’ वाल्डिंगर भन्छन्। उदाहरणका लागि प्रेमविहीन तनावपूर्ण वैवाहिक जीवन स्वास्थ्यका लागि सम्बन्धविच्छेदभन्दा हानिकारक हुने उनी बताउँछन्।

५. आफ्नो उदेश्य ठम्याउनुहोस्
केही मानिस आफ्नो लक्ष्य किटान गरेर बाँचिरहेका हुन्छन् भने केही यसै जीवन बिताइरहेका हुन्छन्। तर, उदेश्य ठम्याएर बाँचिरहेको मानिसको जीवन लामो, सुखद् र अर्थपूर्ण हुने विज्ञहरुको भनाइ छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार