काठमाडौं । माघे संक्रान्तिको अवसरमा नुवाकोट र धादिङका विभिन्न ठाउँमा ५६ हल गोरु जुधाइने तयारी भएको छ।
यस वर्ष पनि माघे संक्रान्तिको अवसरमा नुवकोट तारुकामा २२ हल र रसुवा नुवाकोटको सीमाना बेत्रावतीमा १२ हलगोरु जुधाइँदै छ।
त्यस्तै नुवाकोटको पंचकन्या गाउँपालिका घलेगाउँमा ८ र धादिङको धुँवाकोटमा १४ हल गोरु जुधाउने कार्यक्रम छ।
बझांगी राजा जयपृथ्वी बहादुरसिंहको पालादेखि गोरु जुधाउने खेल चलिआएको मानिन्छ। मेलामा स्थानीय मगर, तामाङका झाँकी, बालन भजन हुँदैछ। भेलामा स्थानीय परिकारसमेत राखिने छ।
आन्तरिक तथा वाह्य पर्यटकको प्रबद्र्धन गर्ने उद्देश्यले एक दशक देखि नुवाकोटको तारुकामा एकीकृत ढंगबाट मेला आयोजना हुँदै आएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया