मंग्सिर २, २०८३ बुधबार November 18, 2026

टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बर्दिया । बर्दियामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् ।

बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा उनको बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

मंगलबारनै ठाकुरबाबा मन्दिरमा गई ठाकुरबाबा मन्दिरको दर्शन गरी बुधबार विहानै गन्तव्य तर्फ लागेको सो टयाक्टर कर्णाली पुल नजिकै पल्टिए दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विहान बाक्लो हुस्सुका कारण सो दुर्घटना भएको बताइएता पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टयाक्टर चालक मिठ्ठु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएल–३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो ?
२०८३ मंग्सिर २, बुधबार
विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
२०८३ मंग्सिर २, बुधबार
आइजिपी पुनर्बहालीको माग गर्दै कार्कीको रिट, न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ हुँदै
२०८३ मंग्सिर २, बुधबार
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
२०८३ मंग्सिर २, बुधबार
आज बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर २, बुधबार
कतार-कुवेतमा १८ वर्ष बिताएका मीनबहादुर गाउँ फर्किएर भैँसीपालनमा, वार्षिक ३ लाख बचत
२०८३ मंग्सिर २, बुधबार