श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

घाटमा जलाउन लागेको महिलाको शव प्रहरी नियन्‍त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । मोरङमा घाटमा जलाउन लगेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर ८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार विहान मृत्यु भएकी साहको माइती पक्षको उजुरीका आधारमा प्रहरीले शव नियन्‍त्रणमा लिएको जनाएको छ । महिलाको घाँटीमा चोट देखिएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया