असार २३, २०८२ सोमबार July 7, 2025

निर्वाचन आयोगको निर्देशन अस्वीकार गर्ने राप्रपाको निर्णय (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले विधानबाट ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ हटाउन दिएको निर्देशनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नियतवश आफूहरुमाथि प्रहार गर्न खोजिएको भनी आपत्ति जनाएको छ ।

आयोगले राप्रपा विधान संंविधान अनुकूल बनाउन निर्देशन दिएपछि आइतवार बसेको राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले राप्रपाले झण्डामा गाई राख्न नपाउने, विधानबाट राजसंस्था र हिन्दु राज्य पनि हटाउनुपर्ने आयोगको निर्देशन पूर्वाग्रही भएको निष्कर्ष निकालेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगबाट निर्देशन अस्वीकार्य हुने जनाएको छ । उसले यसबारे कानूनी र राजनीतिक उपचार खोज्ने पनि जनाएको छ ।

निर्वाचन आयोगले यही माघ २ गते पठाएको पत्रबारे आइतबार राप्रपाले बैठकबाट आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

बैठकपछि राप्रपा महामन्त्री भुवन पाठकले जारी गर्नु भएको विज्ञप्तिमा यसअघि तीनै तहको निर्वाचनमा यही विधान अनुसार प्रतिस्पर्धा गरेर निर्वाचित भइसकेको अवस्थामा अहिले आएको आयोगको निर्देशन स्वीकार्न नसकिने स्पष्ट पारिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया