श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

चारकिलोमा पहिराे खस्याे, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हिउँदे वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेको हो।

बिहीबार रातिदेखि भएको वर्षाले पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएको छ। पानी पर्न नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया