असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरिसकेकाे छ ।

राप्रपा महामन्त्री भुवन पाठकका अनुसार प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न भनिएकाे छ ।

राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया