असार २३, २०८२ सोमबार July 7, 2025

मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ । नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् ।

यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएर साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गरेका छन् ।

यसअघि नै विज्ञप्ति निकालेर मन्त्री यादवले आफूले कसैको ज्यान लिने अभिव्यक्ति नदिएको बताएकी थिइन् । आफ्नो अभिव्यक्तिलाई बंग्याइएको उनले दाबी गरेकी थिइन् ।

तर, चौतर्फी उनको अभिव्यक्तिको विरोध भइरहेका बेला नेता कर्णले उजुरी दिएका हुन् ।

यसअघि बिहीबार कांग्रेसका तत्कालीन संविधान सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएर मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया