काठमाण्डौंः सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ ।
बिहीबार बिहान एन्टीजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।
पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए ।
एन्टीजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् । यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया