असोज १८, २०८३ आइतबार October 4, 2026

हिमपहिरोमा परेर २ नेपालीसहित ७ पर्यटक बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कास्कीस्थित अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरो जाँदा २ नेपालीसहित ७ पर्यटक बेपत्ता भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा दुई नेपाली गाइडसहित चार कोरियाली र एक चिनियाँ पर्यटक हराइरहेका हुन्।

गण्डकीस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कविहीन भएका हुन्। यसैगरी एक चिनियाँ पर्यटक र दुई नेपाली गाइड पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

भारी हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन। स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन्।

हिमपहिरामा परी शुक्रबार दिउँसोदेखि बेपत्ता उनीहरूको खोजी गर्न प्रहरी घटनास्थलतर्फ गएको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आज आईतबारका लागि विदेशी मुद्राको विनिमयदर
२०८३ असोज १८, आइतबार
जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा संक्रमण
२०८३ असोज १८, आइतबार
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, यस्तो छ पार्किङको व्यवस्था
२०८३ असोज १८, आइतबार
आज आईतबार : कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १८, आइतबार
बडादशैंको पूर्व सन्ध्यामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै
२०८३ असोज १८, आइतबार
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल
२०८३ असोज १८, आइतबार
एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दावी
२०८३ असोज १८, आइतबार